बिएल संवाददाता
मातृभूमि जागरण अभियान नेपालका अध्यक्ष भीम रावलले नेपाली नोट पैसामा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्बिर राख्ने एमाले सांसद सूर्य थापाको प्रस्तावको समर्थन गरेका छन्।
प्रधानमन्त्री केपी ओलीको पृथ्वीनारायण शाहलक्षित अपमानजनक टिप्पणीपछि पक्ष र विपक्षमा बहस भइरहेका बेला सूर्य थापाले संसदीय समितिमा यस्तो प्रस्ताव गरेका थिए।
‘म राजावादी होइन, राजतन्त्र फाल्न लडेको मान्छे हो। तर पृथ्वीनारायण शाहलाई राजावादीले मात्र मान्ने होइन। सबै नेपालीले मान्नुपर्छ र पृथ्वीनारायण शाहको नोटमा तस्बिर अंकित गर्ने कामको थालनी गर्नुपर्छ। पृथ्वीनारायण शाहकै तस्बिर छैन भने के नोट? एकीकरण पृथ्वीनारायण शाहले ठूलो देशको राजा हुनलाई थाल्नुभयो होला तर परिणाममा त्यो नेपालको एकीकरण भएको छ। त्यसो भएको हुनाले राष्ट्र एकीकरणकर्ताको फोटो नोटमा छाप्ने कुराले राष्ट्रबैंकको इज्जत बढ्छ देशको पनि इज्जत बढ्छ,’ सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले भनेका थिए, ‘नेपालमा जन्मिएका महामानव बुद्धलाई नोटमा देख्न पाएनौं भने त्यो नोट के नोट? जुन तस्बिर नोटमा समावेश हुन्छन् ती तस्बिर बोकेर हिड्दा नागरिकलाई गौरवबोध हुने खालको हुनुपर्छ भन्ने मेरो सुझाव छ।’
सांसद थापाको उक्त प्रस्तावलाई रावले समर्थन गर्दै सराहना गरेका हुन्।
रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिनिधिसभाका सदस्य सूर्य थापाले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाह र विश्व शान्तिका अग्रदूत गौतम बुद्धको तस्बिर नेपालको कागजी मुद्रामा राखिनुपर्छ भनी राख्नुभएको देशभक्तिपूर्ण प्रस्तावको समर्थन गर्दै सराहना गर्दछु। सिक्कामा पनि ती महान विभूतीहरूको तस्बिर रहनुपर्छ।’
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया