बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा प्रमाण जुटाउन थालेको छ।
रास्वपा सांसदहरू शिशिर खनाल र सोबिता गौतमले घुस खुवाएर भिजिट भिसामा जानुपरेको भए प्रमाण पठाउन सार्वजनिक अपिल गरेका छन्।
सांसद गौतमले अब ‘अन्याय सहेर बस्ने नभइ, बोल्ने र बदल्ने समय आएको’ बताउँदै भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन अपिल गरेकी छन्।
सोबिताले भनेकी छन्, ‘भिजिट भिसामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ, विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई sobitarsp@gmail.com मा पठाइदिनुहोस्।’
त्यस्तै अर्का सांसद खनालले पनि shisirktm@gmail.com मा प्रमाण पठाउन आग्रह गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै रास्वपासहितका प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्दै आएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया