बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा प्रमाण जुटाउन थालेको छ।
रास्वपा सांसदहरू शिशिर खनाल र सोबिता गौतमले घुस खुवाएर भिजिट भिसामा जानुपरेको भए प्रमाण पठाउन सार्वजनिक अपिल गरेका छन्।
सांसद गौतमले अब ‘अन्याय सहेर बस्ने नभइ, बोल्ने र बदल्ने समय आएको’ बताउँदै भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हुन अपिल गरेकी छन्।
सोबिताले भनेकी छन्, ‘भिजिट भिसामा विदेश जानुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई अनुरोध छ, विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घुस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई sobitarsp@gmail.com मा पठाइदिनुहोस्।’
त्यस्तै अर्का सांसद खनालले पनि shisirktm@gmail.com मा प्रमाण पठाउन आग्रह गरेका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै रास्वपासहितका प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्दै आएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया