बिएल संवाददाता
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्।
संसदमा अवरोध जारी रहेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि सभा स्थगित गरेका छन्।
बैठक सुरू हुनेवित्तिकै विपक्षी दलका नेताहरू उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिन आफू तयार रहेको बताउँदै सभा सञ्चालन गर्न खोजेका थिए।
उनले विपक्षी सांसदहरूलाई आसन ग्रहण गरेर गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउन आग्रह गरेका थिए। तर, विपक्षी सांसदहरूले हो-हल्ला गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया