बिएल संवाददाता
नेकपा माओवादीका उपाध्यक्ष एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले आफू राष्ट्रपति बन्न तयार रहेको अभिव्यक्ति दिएका छन्।
शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले पार्टीले आवश्यक ठाने आफू राष्ट्रपतिमा बन्न पनि तयार रहेको बताएका हुन्।
उनले आफूलाई पार्टीले खटाएर उपराष्ट्रपति बनेको र कार्यकाल सकिएपछि अहिले पनि पार्टीकै निर्णयले पार्टीको जिम्मेवारीमा फर्किएको बताए। उनले पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे।
उनले भने, ‘कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो। संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्ला र? म राजनीतिक आधारबाट आएको हुँ।’
पुनले पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीको जिम्मेवारी लिनुपर्ने अडान राखे। पुनले राजतन्त्रको नारा लिएर हिँडेका मण्डलेहरूलाई जनताले साथ नदिने दाबी गरे। उनले राजावादीहरूको उदेश्य तीनकुने घटनाले स्पष्ट भइसकेको बताए।
‘माओवादीले राखेको कार्यक्रम विथोल्ने योजनाले राजावादीहरूले एकैदिन कार्यक्रम राखेका उनीहरुले मण्डले चरित्र प्रस्तुत गरे, वितण्डा मच्चाए, उनीहरूले आफ्नो उद्देश्य पनि प्रष्ट पारे।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया