बिएल संवाददाता
नेकपा एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्दैछ। एमालेले महोत्सवमा ४० वर्षमुनिका युवाहरूलाई काठमाडौंमा भेला गर्दैछ।
शनिबार एमालेको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन पार्टीका युवाहरूलाई आह्वान गरेका छन्। उनले ११ गते काठमाडौंमा कसैले भेला पार्न नसक्ने संख्यामा युवाहरू भेला पार्ने दाबी गरे।
उनले भने, ‘एमालेको साथमा युवा छैनन्, एमालेका युवाहरु सिद्दिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौं। म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन। युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ। आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ।’
ओलीले एमालेविनाको नेपाल देख्नेहरूलाई देशद्रोहीको संज्ञा दिँदै उनीहरूको देशद्रोही सपना पूरा नहुने टिप्पणी गरे।
उनले भने, ‘एमाले झन् ठूलो र विजयी भएर आउनेछ। जनतामा आधारित यो पार्टी देशको भविष्य हो। एमाले असफल भए देश असफल हुन्छ।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया