बिएल संवाददाता
नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सधैं कटिबद्ध रहेको बताएका छन्।
आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पन्तले संविधानलाई रक्षा गर्न र विकास गर्न एमाले लागिपरेको बताएका हुन्।
उनले भने, ‘नेकपा एमाले वर्तमान संविधानको रक्षाको लागि सँधैं कटिवद्ध छ। यो संविधानलाई रक्षा गर्न, यसलाई विकास गर्न र संविधानलाई विकसित रुप दिन लागिपरिरहेको छ।’
साथै उनले प्रतिपक्षहरूका कारण संसद बैठकमा अवरोध आइरहेको बताए। उनले चैत १५ गते काठमाडौंमा भएको घटनाबारे संसदमार्फत देशलाई जानकारी दिन गृहमन्त्रीले पाउनुपर्ने बताए।
‘प्रतिपक्षले बोल्न पाउनुपर्छ। तर प्रतिपक्षले बोल्ने कुराहरूमा पनि उठाएका आवाजहरूमा दम हुनुपर्यो। आधार हुनुपर्यो। चैत १५ गतेको दिन देशमा यत्रो घटना भएको छ, सो घटनाको बारेमा आज आएर देशलाई जानकारी दिन पाउनुपर्छ की पर्दैन गृहमन्त्रीले? प्रधानमन्त्रीले त भनिसक्नुभयो १८ गते संसदमा आउँछु भनेर। तर प्रधानमन्त्रीले आउँछु भन्दाभन्दै हाउस रोक्नु उचित होइन। १५ गतेको घटनाबारे गम्भीरतापूर्वक छलफल गरौं। संविधानमाथि आक्रमण भएको छ। संविधानलाई उल्ट्याउने कोशिस भएको छ। सरकार चुकेको छैन। शान्तिपूर्ण ढंगले आमसभा गर्ने भनेर राजावादीले यस्तो उग्र रुप लिए।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया