बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सभापति रवि लामिछानेले पार्टीको जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्किने तयारी गरेका छन्।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका उनी पोखरा, काठमाडौं, चितवन र बुटवलका जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको चक्कार काटेर अन्ततः घण्टीघरमै फर्किने भएका हुन्।
लामिछाने अदालती पक्रियामा गएपछि पार्टीको पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो।
रविलाई घण्टीघरमा फर्काउन सोमबार रास्वपाले लगातार दुई बैठक गर्दैछ। पहिलो बैठकमा कार्यवाहक सभापति सभापति अर्यालले धन्यवाद ज्ञापन गर्दै बिदा हुनेछन्। लगत्तै बस्ने दोस्रो बैठकको सभापतित्व रवि लामिछानेले गर्नेछन्।
लामिछानेलाई सदस्यहरूले पार्टीका पछिल्ला गतिविधि र संसदमा भुमिकाबारे ब्रिफिङ गर्नेछन्। त्यसपछि पार्टीको आगामी गतिविधिहरूको बारेमा छलफल हुने रास्वपाले जनाएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया