बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता गरेपछि सर्वदलीय बैठक आह्वान गरेका छन्।
आइतबार साँझ ७ बजे बालुवाटारमा बस्ने बैठकमा गणतन्त्रवादी दलका शीर्ष नेतृत्वलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सर्वदलीय बैठक भनिएपनि राजतन्त्रवादी दलहरूलाई भने निमन्त्रणा नगरिएको स्रोतले बतायो। बैठकमा तीनकुने घटनाको बारेमा गणतन्त्रवादी नेताहरूले धारणा बनाउने बुझिएको छ। सोही कारण राजावादी दललाई बाइकट गरिएको हो।
शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाले नेपालको राजनीतिमा तरंग ल्याएको छ।
दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक प्रदर्शनका लागि उक्साएको आरोपमा राप्रपाका नेताहरू रविन्द्र मिश्र र सांसद धवलशमशेर राणासहित १०० बढी नेता कार्यकर्ता पक्राउ परेका छन्।
उक्त घटना घटना लोकतन्त्रमाथिकै प्रहार भएको निष्कर्षसहित सभामुख देवराज घिमिरेले उक्त विषय संसदमा छलफल हुनुपर्ने भन्दै सहज बैठक सञ्चालनका लागि प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका छन्।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएपछि प्रतिपक्षीले संसदमा अवरोध गरेपछि बैठक चल्न सकेको छैन। प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसदमा अवरोध जारी राख्ने प्रतिपक्षीको अडा कायमै छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया