बिएल संवाददाता
नेपाल प्रहरीले शुक्रबारको राजावादी आन्दोलनका क्रममा आतंक फैलाउने, लुटपाट र चोरीमा संलग्नहरूको खोजी तिव्र पारेको छ।
प्रहरी प्रधान कार्यालयले तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, संचार गृह, राजनैतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत नीजि तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवं अन्य गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको भिडियो फुटेजका आधारमा खोजी गरिरहेको छ।
त्यस्तै प्रहरीले त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण संकलनका लागि कोहीकसैसँग तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) भएमा प्रहरीलाई उपलब्ध गराइ अनुसन्धानमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ।
प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने कुरामा पनि विश्वस्त रहन आग्रहसमेत गरेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया