बिएल संवाददाता
एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मदिराको सनकमा समाज भाँड्ने अभिव्यक्ति नदिन चेतावनी दिएको छ।
सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्ति नदिएपछि आफ्ना कर्मचारीहरूले तलबसमेत खान नपाएपछि बालेनलले सोमबार एक हप्ताभित्र अधिकृत नियुक्ति नभए सबैलाई ‘टुकुचामा गाडिदिने’ सामाजिक संजालमार्फत धम्की दिएका थिए।
बालेनको धम्कीपछि युवासंघ महानगर कमिटीले विज्ञप्ति सार्वजनिक गर्दै देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला बालेनको धम्की आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
युवासंघले बालेनको आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरुको तलब भत्ता रोकिएको दाबी गरेको छ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरूमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानूनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया