बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्र कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ।
ह्याकरले डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखेका थिए। कार्यालयको बोर्डमा आफ्ना अध्यक्षविरुद्ध नारा राखिएपछि एमाले कार्यकर्ताहरूले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा राखिएको कार्यालयले दाबी गरेको छ।
ह्याकरको खोजी सुरु गरेको चितवन प्रहरीले जनाएको छ। हाकिममाथि कुटपिट गर्नेविरुद्ध उजुरी नपरेको र उजुरी परेपछि अनुसन्धान गरिने प्रहरीले जनायो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया