बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरण चितवनको भरतपुर वितरण केन्द्र कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ।
ह्याकरले डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखेका थिए। कार्यालयको बोर्डमा आफ्ना अध्यक्षविरुद्ध नारा राखिएपछि एमाले कार्यकर्ताहरूले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट गरेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरी प्रधानमन्त्रीविरुद्ध नारा राखिएको कार्यालयले दाबी गरेको छ।
ह्याकरको खोजी सुरु गरेको चितवन प्रहरीले जनाएको छ। हाकिममाथि कुटपिट गर्नेविरुद्ध उजुरी नपरेको र उजुरी परेपछि अनुसन्धान गरिने प्रहरीले जनायो।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया