बिएल संवाददाता
युक्रेनसँग युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच वार्ता हुने भएको छ। विदा मनाएर ह्वाइट हाउस फर्किदैं गर्दा ट्रम्पले पत्रकारहरूसँग यसबारे जानकारी दिएका हुन्।
यसअघि उनले आफ्ना दूतलाई रुस पठाएका थिए। उनीहरूले त्यहाँ रुसका अधिकारीहरूसँग वार्ता गरेका थिए। त्योभन्दा अघि अमेरिकी अधिकारी र युक्रेनका अधिकारीबीच साउदी अरबमा भएको वार्तामा युक्रेन ३० दिनका लागि युद्ध बिराम गर्न तयार भएको थियो।
तर रुसले त्यसका केही शर्तहरूमा राखेको थियो। युद्ध बिरामको अनुगमन र दायित्व लिने विषयमा उसले कुरा उठाएको थियो।
‘हामीले यो सबै घटनाक्रमहरू हेरिरहेका छौं। सम्भवत: पुटिनसँग मंगलबार कुराकानी हुनेछ’ ट्रम्पले भनेका छन् ‘मलाई लाग्छ सबै कुरा राम्रो भइरहेको छ। अहिले हामीसँग धेरै राम्रो मौका छ र मलाई विश्वास छ कि यो युद्ध हामी रोक्न सक्छौं।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया