बिएल संवाददाता
राजनीतिकाे प्रारम्भिक नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज हुँदैछ। त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज निर्वाचनमार्फत विद्यार्थीहरूले आफ्ना नेताहरू चुन्नेछन्।
देशका कतिपय क्याम्पसहरूमा यसअघि नै निर्विराेध नेतृत्व पनि चुनिइसकेका छन्।
हरेक दुई वर्षको अन्तरालमा हुनुपर्ने यस्तो निर्वाचन आन्तरिक विवादका कारण केही क्याम्पसमा भने १६ वर्षपछि मात्रै हुँदै छ । केही बाहेक त्रिविका आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो । त्यसअघि भने २०६५ सालमा मात्रै निर्वाचन भएको थियो । देशभरि त्रिविको ६४ वटा अंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् ।
सबैजसाे राजनीतिक दलका विद्यार्थी संगठनहरू प्यानल बनाएर चुनावमा उत्रिएका छन्। कतिपयमा गठबन्धन भएकाे छ भने कतिमा विद्यार्थी संगठनहरू एक्लाएक्लै भिड्दैछन्।
राजधानीका केही मुख्य क्याम्पसहरूमा भने तालाबन्दी भएका छन्। त्रिबिकाे मुख्य क्याम्पसमै विद्यार्थी संगठनहरूले ताला लगाइदिएका छन्।
त्यस्तै अर्काे मुख्य क्याम्पस आरआरमा पनि साेमबार राति अनेरास्ववियुले तालाबन्दी गरेकाे छ। अमृत साइन्स कलेजमा पनि चुनाव स्थगित गरिएकाे छ। पाटन क्याम्पस तथा एनसिसीमा पनि निर्वाचन अनिश्चित छ।
निर्र्वाचन निर्देशिका अनुसार प्रक्रिया बिथोलिएका सबै क्याम्पसमा चैत २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने छ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया