बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने पार्टी बन्नुपर्ने बताएका छन्।
सोमबार ललितपुरमा आयोजित नेपाली कांग्रेस र संघीयता कार्यान्वयनबारे अन्तर्क्रिया कार्यक्रममा उनले वर्तमान संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन नसकेको अवस्थामा नेपाली कांग्रेसलाई बहुमतको पार्टी बनाउन सबै लागि पर्नुपर्ने बताए।
उनले भने, ‘अहिलेको संविधान अनुसार कुनै पार्टीले पनि बहुमत ल्याउन सकेको छैन्। त्यसकारण कुनै पार्टीसँग मिलेर जानुपर्छ। बाध्यता र अवस्था पनि त्यस्तै छ। गाह्रो छ भनेर काम गर्न छोड्ने भन्ने हुँदैन। हामी सबै मिलेर पार्टी कै बहुमत ल्याउने काममा लाग्नुपर्छ। हाम्रो पार्टीलाई जनताको साथ पनि। त्यसकारण पनि बहुमत ल्याउने तर्फ लाग्नुपर्छ।’
यसको साथै, उनले जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने र जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक भएको भन्दै यसको लागि केही समय लाग्ने बताए।
उनले भने, ‘जनताप्रति उत्तरदायी हिसाबले, जनताको सुख दुखमा साथ दिने, जनताको लागि लाग्ने किसिमको संघीयता बनाउन आवश्यक छ। यस्तो व्यवस्था तुरुन्तै हुन्छ भन्ने छैन्, समय लाग्छ। नेपालमा गाँउपालिका छ, जिल्लामा पनि छ, प्रदेश र संघ छ। प्रदेशको आफ्नो भूमिका छ, संघको आफ्नो अधिकार छ। देशमा रहेका हरेक जातजाती वर्गलाई अधिकार दिनुपर्छ। तर हाम्रो देशको आर्थिक अवस्था ध्यानमा राखेर पनि काम गर्नुपर्ने हुन्छ। यसको साथै सानो देशको एकतालाई कुनैपनि हालतमा खलबल नहुने गरि अगाडि बढ्नुपर्छ।’
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया