बिएल संवाददाता
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापाजस्ता नेताहरूबाट लोकतन्त्रमाथि खतरा रहेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले गगन थापाको देश दौडाहामा गाडीको लावालस्करमाथि प्रश्न उठाउँदै यस्ता गाडीको लस्करको व्यवस्था तस्करहरूले मात्रै गर्न सक्ने दाबी गरे।
उनले भने, ‘अहिले भर्खरै एउटा महामन्त्रीको उपदेश यो संसदमा सुनिरहेको थिएँ, उहाँ दक्षिण भारतीय फिल्मको शैलीमा २ सय, तीन सय गाडी लिएर कहिले सिमरा पुग्नुहुन्छ, कहिले सिन्धुली पुग्नुहुन्छ, त्यो लोकतन्त्र हो? विचौलिया, दलाल र तस्करले मात्रै दुई सय गाडीको व्यवस्था गर्न सक्छ, कुनै नेपाली जनताले गर्न सक्दैन। त्यसकारण लोकतन्त्रको खतरा यस्ता महामन्त्रीबाट छ । खतरा यस्ता दलपतिबाट छ।’
त्यस्तै उनले नेपालमा लोकतन्त्रको अन्त्य भइसकेको र नेतातन्त्र मात्रै बाँकी रहेको दाबी गरे। उनले विश्वविद्यालयमा राजावादीले नभइ कांग्रेस-एमालेका कार्यकर्ताले तोडफोड गरेको पनि टिप्पणी गरे।
उनले भने,‘आज नेपालमा लोकतन्त्र छैन्। नेतातन्त्र छ। नेताहरूको संरक्षणमा सबै बिचौलिया र भ्रष्टाचारीहरू संरक्षित छन्। म प्रश्न गर्न चाहन्छु- त्रिभुवन विश्वविद्यालयमा रेक्टरको कोठामा राजावादीले गएर कोठा तोडफोड गरेको छ कि कांग्रेस र एमालेका कार्यकर्ता गएर तोडेको छ? ’
उनले प्रश्न गरे, ‘के जनताले कुलमानलाई दुःख दिन भनेर भनेको छ? जनताले भनेको छ त त्रिभुवन विश्वविद्यालयको जग्गा कब्जा गर्ने? ललिता निवासको कब्जा गर्ने?’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया