बिएल संवाददाता
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद बसेको कुर्सी भाँचिएको छ।
कांग्रेस महामन्त्री गगन थापा बोलिरहेका बेला नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको संसद सचिवालयले जनाएको छ।
कुर्सी भाँचिएपछि सांसद थेबे लडेकी थिइन्। उनी लडेपछि सबै सांसदहरू पछाडि फर्किएका थिए। सांसदहरू पछाडि फर्किएपछि बोलिरहेका वक्ता गगन थापा पनि एकछिन सम्बोधन रोकेर पछाडि फर्किए।
सभामुख देवराज घिमिरेले सांसद थेवे लडेपछि सचिवालयका कर्मचारीतर्फ फर्किएर इशारा गरेका थिए। र सचिवालयका कर्मचारीहरूले थेवेलाई बाहिर लिएर गएका थिए।
सचिवालय स्रोतका अनुसार सांसद थेवेलाई चोटपटक भने लागेको छैन।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया