बिएल संवाददाता
मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद बसेको कुर्सी भाँचिएको छ।
कांग्रेस महामन्त्री गगन थापा बोलिरहेका बेला नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको संसद सचिवालयले जनाएको छ।
कुर्सी भाँचिएपछि सांसद थेबे लडेकी थिइन्। उनी लडेपछि सबै सांसदहरू पछाडि फर्किएका थिए। सांसदहरू पछाडि फर्किएपछि बोलिरहेका वक्ता गगन थापा पनि एकछिन सम्बोधन रोकेर पछाडि फर्किए।
सभामुख देवराज घिमिरेले सांसद थेवे लडेपछि सचिवालयका कर्मचारीतर्फ फर्किएर इशारा गरेका थिए। र सचिवालयका कर्मचारीहरूले थेवेलाई बाहिर लिएर गएका थिए।
सचिवालय स्रोतका अनुसार सांसद थेवेलाई चोटपटक भने लागेको छैन।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया