बिएल संवाददाता
रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलासा गरेका छन्।
मंगलबार मुकुलले सामाजिक सञ्जालमार्फत रास्वपा स्थापना हुनुअघि नै रवि र पूर्वराजाबीच भेटवार्ता भएको खुलासा गरेका हुन्।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’ को? भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।’
मुकुलले आफूले रविलाई राजा ल्याउने वा आउने कुरा आफूहरूले भनेर मात्र नहुने, राजा आफैंले बोल्नुपर्छ भनेर प्रस्ताव गरेको तर, राजा बोल्न तयार नभएपछि गठतन्त्रवादी दल खोलेको दाबी पनि गरेका छन्।
उनले भनेका छन्, ‘त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो। मैले प्रस्ताव राखें, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो। राजाबाट सकारात्मक कुरा आएन। सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौं।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया