बिएल संवाददाता
रास्वपाबाट निष्कासित महामन्त्री डा. मुकुल ढकालले रास्वपाका सभापति रवि लामिछाने र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको खुलासा गरेका छन्।
मंगलबार मुकुलले सामाजिक सञ्जालमार्फत रास्वपा स्थापना हुनुअघि नै रवि र पूर्वराजाबीच भेटवार्ता भएको खुलासा गरेका हुन्।
उनले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’ को? भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोहि थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चार पटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो।’
मुकुलले आफूले रविलाई राजा ल्याउने वा आउने कुरा आफूहरूले भनेर मात्र नहुने, राजा आफैंले बोल्नुपर्छ भनेर प्रस्ताव गरेको तर, राजा बोल्न तयार नभएपछि गठतन्त्रवादी दल खोलेको दाबी पनि गरेका छन्।
उनले भनेका छन्, ‘त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’ लाई कुनै न कुनै ढङ्गले समेटौं भनिराख्नु भयो। मैले प्रस्ताव राखें, रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नु भयो। राजाबाट सकारात्मक कुरा आएन। सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौं।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया