बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरू स्ववियु निर्वाचनमय भएका छन्।
निर्वाचन कार्यतालिका अनुसार चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता भइरहेको छ। सत्ता गठबन्धन दल निकट विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनका लागि देशभर गठबन्धन गरेका छन्। तर, रोल्पामा भने फरक दृश्य देखिएको छ।
रोल्पाका चार क्याम्पसमा एमालेनिकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीबीच गठबन्धन गर्ने सहमति भएको छ।
अनेरास्ववियु रोल्पा अध्यक्ष सूर्य विक र अखिल क्रान्तिकारी रोल्पा अध्यक्ष सनिदेवल बुढामगरले बामपन्थी विचारधारा बोकेका विद्यार्थी संगठनले स्ववियुको नेतृत्व गर्दा प्रभावकारी हुने ठहर गर्दै तालमेलको निर्णय गरेको दाबी गरेका छन्।
सम्झौताअनुसार नव नेपाल क्याम्पसमा अनेरास्ववियु र जलजला क्याम्पसमा अखिल क्रान्तिकारीलाई अध्यक्ष र अन्य पद भागबण्डा गर्ने र रोल्पा नमुना र सहिद स्मृती क्याम्पसमा क्रान्तिकारीलाई सहयोग गर्ने सहमती भएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया