बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीको सांसद पद खारेजीसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने तयारी गरेको छ।
न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजालमा ‘निर्णय सुनाउने’ पेसी तोकिएको छ।
सांसद कार्कीले लाभको पदमै हुँदा २०७९ मंसिर ४ गतेको निर्वाचनमा ललितपुर-३ मा रास्वपाबाट प्रतिनिधिसभामा उम्मेद्वारी दिएको भन्दै निर्वाचन आयोगले उम्मेद्वारी खारेज गरेको थियो।
कार्की त्यतिबेला नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएर लाभको पदमा बसेकै बेला उम्मेदवारी दिएको उजुरी परेपछि आयोगले खारेज गरेको थियो। तर, सर्वोच्च अदालतले कार्कीको उम्मेद्वारी खारेज गर्ने आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि कार्की निर्वाचन जितेर प्रतिनिधि सभा सांसद बनेकी थिइन्। सोही मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ सकेर आदेश सुनाउन लागेको हो।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया