बिएल संवाददाता
आज अमेरिका र युक्रेनबीच साउदी अरबमा वार्ता हुँदैछ। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको नोंकझोंकपछि वैश्विक राजनीतिमा कैयौं घटनाहरू विकसित भइसकेका छन्।
युरोपले सहायता दिन र युक्रेनको सुरक्षाका लागि बाचा गरेपछि राष्ट्रपति जेलेन्स्की अमेरिकासँग वार्ताका लागि तयार भएका हुन्। ह्वाइट हाउसको घटनापछि उनले ट्रम्पलाई एउटा पत्र लेखेका थिए र त्यसमा वार्ताका लागि आफू तयार भएको बताएका थिए।
साउदी अरबमा हुने वार्तामा ट्रम्प र जेलेन्स्की दुबै सामेल हुने छैनन्। बरु दुबै देशका कुटनीतिक अधिकारीहरू बसेर शान्तिका लागि छलफल गर्नेछन्। युक्रेन शान्ति वार्ताका लागि तयार भइरहँदा रुसले भने उसमाथिको आक्रमण निरन्तर जारी राखेको छ।
यद्यपि युक्रेनी राष्ट्रपति साउदी अरबमै छन्। उनले त्यहाँका राजा मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्दैछन्।
वार्ता हुनुअघि एउटा भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले साउदी अरब वार्ताबाट युक्रेनमा शान्ति र सुरक्षाका लागि महत्वपूर्ण र ठोस परिणाम निस्किने अपेक्षा गरेको बताएका छन्।
यसअघि पनि अमेरिकी र रुसी अधिकारीबीच साउदीमै वार्ता भएको थियो। तर त्यसमा युक्रेन र युरोपेली राष्ट्रलाई सामेल नगराएको भन्दै युरोपेली राष्ट्रहरूले असन्तुष्टी पोखेका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया