बिएल संवाददाता
भक्तपुरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शवको पहिचान खुलेको छ।
शनिबार अपराह्न ३ः४५ बजे नगरपालिका-१ सिर्जनानगरस्थित हनुमन्ते खोलामा भेटिएको युवकको शव शव रामेछापको गोकुलगङ्गा गाउँपालिका-५ कानीटार घर भई हाल भक्तपुरको जगाती बस्ने २१ वर्षीय रञ्जित विकको भएको खुल्न आएको छ।
मृतककी दिदी पूजा विक प्रहरीको सम्पर्कमा आई शवको पहिचान गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ढुण्डिराज नेउपानेले बताए।
शवको पोस्टमार्टमपछि सोमबार दिउँसो भाउजू शर्मिला गजमेरले शव बुझेको उनले बताए।
मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया