बिएल संवाददाता
राजावादी अधिवक्ता स्वागत नेपालले राजतन्त्रको पक्षमा २५ लाख जनता सडकमा ओर्लिएको दाबी गरेका छन्।
आइतबार पूर्वराजाको स्वागत र रोड शोमा पुगेका उनले राजाको पक्षमा २५ लाख मानिसहरू सडकमा उत्रिएसँगै नेपालमा गणतन्त्र विधिवत रुपमा अन्त्य भएको बताएका हुन्।
पूर्वराजाको रोड शो लाइभ गर्दै हिँडेका उनले राजावादीहरू राजालाई लिएर आइतबार नै नारायणहिटी छिर्न सक्ने अवस्था भएपनि बंगलादेशको जस्तो अवस्था आफैं आवस् भन्ने हेतुले राजावादीहरूले हतार नगरेको दाबी गरे।
उनले भनेका छन्, ‘यो १० किलो मिटर पूरै सडकमा तिलको दानो राख्ने ठाउँ नहुने गरी राजाको स्वागतको लागि २५ लाखको संख्यामा जनताको उपस्थिति छ। राजाले ‘म यो दिन नारायणहिटी प्रवेश गर्ने हो, तपाईंहरू आउनुस्’ भन्ने हो भने एक जनापनि विदेशी दलाल नेपालमा रहने छैनन्।’
उनले राजाको स्वागतमा ओइरिएको जनलहरले विदेशी दलालको गणतन्त्र अन्त्य भएको संकेत गरेकको दाबी गर्दै भनेका छन्, ‘सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई तत्काल अपदस्त गरोस्...’
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया