बिएल संवाददाता
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पूर्वराजाको स्वागतका क्रममा योगी आदित्यनाथको तस्बिर राखिएको विषयमा प्रष्टीकरण दिएका छन्।
सोमबार शाहीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले उत्तर प्रदेशका मुख्यमन्त्री योगीको तस्बिर राख्न लगाएको दाबी गरेका हुन्।
आइतबार राजावादी समूहले गरेको पूर्वराजाको स्वागत कार्यक्रमको र्यालीमा पूर्वराजासँगै योगीको तस्बिर पनि प्रदर्शन गरिएको थियो।
नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको पाइएको शाहीको दाबी छ।
उनी भन्छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन्। छि छि!’
उनले विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्ने बताउँदै प्रश्न गरेका छन्, ‘ मार्क्स ,लेनिन, माओ कुन देशका हुन?’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया