
बिएल संवाददाता
काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिर्न भनेर पत्र काटेपछि राप्रपाले त्यसलाई ‘हावादारी’ भनेर टिप्पणी गरेको छ।
आइतबार पूर्व राजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न भन्दै हज्जारौं मानिस जम्मा भएका थिए। त्यसमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी उसका कार्यकर्ता पनि सहभागी थिए। त्यस्तै कमल थापाको राप्रपा नेपाल, अनि दुर्गा प्रसाईं र उनका समर्थक पनि सहभागी थिए।
त्यही भीडले सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो।
महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पठाएको पत्रमा ‘पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदूषण गरेको’ उल्लेख छ।
फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको महानगरले उल्लेख गरेको छ।
राप्रपाका एकजना प्रवक्ता मोहनकुमार श्रेष्ठले महानगरको पत्रलाई हावादारी भनेर टिप्पणी गरेका छन्।
‘कमल थापाहरूलाई जरिवाना तिर्न नपर्ने, दुर्गा प्रसाईंहरूलाई तिर्न नपर्ने अनि हामीलाई मात्रै जरिवाना पत्र काट्ने यो त हावादारी कुरा भैगयो नि’ उनले भने ‘त्यहाँ न राप्रपाका कुनै झन्डा वा ब्यानरहरू छन् न हामीले फोहार गरेका छौं। त्यो राप्रपाको कार्यक्रम पनि होइन। राजसंस्था चाहने लाखौं मानिसको समर्थनमा हामी त्यहाँ पुगेका हौं।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया