नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ। अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन्।
राजधानी काठमाडौंलगायत देशभरि नै राजसंस्था पक्षधरहरूले शक्ति प्रदर्शन गर्न थालेपछि सबै राजनीतिक दल र सरकार त्यसकाे नियन्त्रणका विकल्पबारे छलफलमा जुटेका छन्।
आइतबारमात्रै काठमाडौंमा राजावादीहरूले ठूलै शक्ति प्रदर्शन गरेका थिए। पाेखरा भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहीलाई स्वागत गर्न भन्दै विमानस्थलमा जम्मा भएकाे हज्जाराैंकाे भीडले उनलाई निर्मल निवाससम्म पुर्याएकाे थियाे।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया