
बिएल संवाददाता
पोखरा भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।
समिट एयरको चार्टर्ड विमानमार्फत आइतबार अपराह्न काठमाडौं उत्रिएका पूर्वराजालाई एयरपोर्टबाट निस्केका छन्। समर्थकहरूको र्यालीसहित उनी निजी निवास निर्मल निवासतर्फ मोडिएका छन्।
विमानस्थलको प्रवेशद्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरेका थिए।
समर्थकहरूले पूर्वराजाको पक्षमा चर्को नाराबाजी गर्दै चक्रपथको बाटो हुँदै उनको निवासतर्फ लागेका छन्।
स्वागतमा चक्रपथको एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज क्षेत्रमा समर्थकको बाक्लो भिड लागेको छ।
पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए।
काठमाडौं उत्रिएलगत्तै पूर्वराजाले राजावादी नेताहरूसँग विमानस्थलमै छलफल गरेका थिए।
राजावादीहरूको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया