बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमाले मिलेर बनेको यो सरकार आगामी निर्वाचनसम्म टिक्ने दाबी गरेका छन्। लगभग दुई तिहाइसहितको यो सरकार र सत्ता सहयात्रा निर्वाचनसम्मै नटुट्ने पनि उनले बताए।
कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले अहिले जेजस्ता हल्ला चले पनि वा चलाइ पनि काँग्रेस-एमालेबीच सहयात्रा र सम्झौता बलियो भएको पनि बताए।
‘तपाईंहरू ढुक्क हुनुहोला। यो भिजनसहितको स्थिर सरकार हो। यही बाटोमा सरकार अघि बढ्छ’ ओलीले भने ‘आगामी निर्वाचनसम्मै यो सहयात्रा कायम रहन्छ।’
काँग्रेस र एमालेबीचको ७ बुँदे समझदारीअनुसार संविधानमा आवश्यक संशोधन हुने बताउँदै ओलीले यसलाई लहड वा रहरको विषय नभइ राष्ट्रिय आवश्यकताको विषय भएको पनि प्रस्ट पारे।
‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ। यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ’ उनले भने ‘व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढङ्गले अगाडि बढ्नुपर्छ। अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरलरूपमा सुविधान उत्पन्न होस् भन्नेमा छ। हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ। सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ।’
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया