बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने अपराधहरू बढ्दै गइरहेको बताएका छन्।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेको भएपनि यसको सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन्।
साथै उनले साइन्स टेक्नोलोजीको दुरुपयोग गरेर मान्छेहरूले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए। उनले डिजिटल विकास र सुविधाको प्रयोग अन्य अपराध गर्ने अपराधीहरूका लागि सहज भएको समेत बताए।
उनले भने, ‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरू हुन्। २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौं। यसलाई मानव जातिले आफ्नो उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो। त्यो गरिएको पनि छ। मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेका छौं। तर यो सदुपयोग मात्र भइरहेको छैन, कम्प्युटर साइन्स, डिजिटल एवं आईटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन। साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया