बिएल संवाददाता
                                कोशी प्रदेशसभामा ‘राजा’ र ‘डलरवादी’ शब्दले हंगामा भएको छ।
आइतबार प्रदेशसभाको बैठकको शून्य समयमा राप्रपा सांसद सविना बजगाईंले प्रजातन्त्र दिवसको अवसरमा राजाले दिएको शुभकामनालाई लिएर डलरवादीहरूले उनलाई थुन्नुपर्ने अभिव्यक्ति दिएको बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘राजाले प्रजातन्त्र दिवसको अवसरमा जनतालाई शुभकामना दिएको विषयलाई लिएर गणतन्त्रका मसिहा ठान्ने केही नेताहरूले राजालाई थुन्ने अभिव्यक्ति सञ्चार माध्यममा आएको देखिएको छ। यस कुराको म घोर निन्दा र भर्त्सना गर्दछु। यी सबै अभिव्यक्ति विदेशबाट आउने डलरको भरमा आएका हुन्।’
उनको अभिव्यक्तिमाथि नियमापत्ति जनाउँदै एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले ‘डलरवादी’ शब्द रेकर्डबाट हटाउन माग गरे।
लिङ्थेपले भनेका थिए, ‘संविधानमा भएको व्यवस्थाभित्र बसेर यो नै खारेज गर्नुपर्छ भन्ने घोर आपत्ति जनक छ। यो भन्न पाइँदैन। राजाले बोल्नु भो। राजाले बोल्ने कुरामा केही नेताले आपत्ति गर्नुभयो। तर, आपत्ति गर्ने कुरा लोकतन्त्रले दिएको अधिकारकै विषय हो। हामीले लडेर ल्याएकै अधिकारको विषय हो सभामुख महोदय! त्यो हिसाबले डलर खाने, डलरेहरू भनेर भन्न पाइन्छ कि पाइँदैन सभामुख महोदय? यो रेकर्डबाट हटाउनु पर्छ।’
लिङ्थेपले पनि राजा भनेपछि माओवादी सांसद गोम्बु शेर्पाले फेरि नियमापत्ति गरे।
उनले भने, ‘नेपालको संविधानले र प्रदेशसभा नियमावलीले राजा चिन्दैन। अहिलेको संविधानमा वा नेपालमा कोही राजा छैन। त्यसकारण यो राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस्।’
संसदमा एकपछि अर्को नियमापत्तिको विषय उठन थालेपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ शब्द र ‘डलर खाएको’ भन्ने विषय अप्रमाणित कुरा भएकोले रेकर्डबाट संसद् सचिवालयलाई आग्रह गरे।
सभामुख विष्ट राप्रपाबाट सभामुख भएका हुन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया