बिएल संवाददाता
प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा दम्पतीको रहस्यमय हत्यामा अनुसन्धान गरिरहेको प्रहरीले घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला पारेको छ।
शनिबार दिउँसो ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियारको टाउको क्षतविक्षत पारिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटनामा अनुसन्धान गरिरहेको प्रहरीले बारीमा घन फेला पारेको हो।
दम्पतीको हत्यामा सोही घन प्रयोग भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
हत्याको अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया