बिएल संवाददाता
नेकपा एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पार्टीको नीति कार्यक्रम विदेशीको इसारामा बन्ने गरेको आरोप लगाएका छन्।
जनकपुरधाममा शनिबार आयोजित वडा केन्द्रीत पार्टी निर्माण अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महासेठले नेकपा एमाले पार्टीको नीति कार्यक्रम जनताको चाहना अनुसार बन्ने गरेको बताएका हुन्।
उनले एमालेमा १५ वर्षसम्म नेता भएर बसेका माधवकुमार नेपाल र प्रचण्डको पार्टीले विदेशी इसारामा नीति कार्यक्रम बनाउने गरेको आरोप लगाए।
नेकपा एमाले आज जुन ठाउँमा छ त्यो जनता र पार्टीको धेय बुझेर पार्टीका लागि समर्पित रहेका नेता कार्यकर्ताहरूको कारणले रहेको जिकिर गरे। उनले पार्टी छोडेर अर्को पार्टी निर्माण गरेकाहरूको अहिलेको अवस्था कस्तो छ भनेर प्रश्न गरे।
त्यस्तै नेता महासेठले पार्टीले गरेका कामहरूबारे जानकारी आमजनतालाई नभएकोमा गुनासो गरेका छन्।
एमालेले गरेका विकासका कार्यहरूबारे जनता अनभिज्ञ रहेको उनले धारणा व्यक्त गरे। उनले जनतालाई अहिले पनि विकास निर्माणका कामहरू अर्कै पार्टीले गरेको भन्ने भ्रम रहेको बताए।
नेता महासेठले प्रचार प्रसारको कमीका कारण यस्तो भ्रम सिर्जना भएको जानकारी दिए। उनले सम्पूर्ण नेता कार्यकर्तालाई पार्टी र पार्टीले गरेका विकास निर्माणका कार्यहरूबारे सामाजिक सञ्जाललगायतमा प्रचार प्रसार गर्न निर्देशनसमेत दिए।
नेता महासेठले सम्पूर्ण कार्यकर्तालाई शासक नभई सेवक बनेर जनताको घर घर र टोल टोलमा पुग्न निर्देशन दिए।
उनले ०८४ लाई मध्यनजर गर्दै पार्टीलाई मजबुत बनाउने तर्फ सबैलाई ध्यानदिन आग्रह गरे। नेता महासेठले प्रचार डेस्क बनाएर पार्टीको प्रचारमा लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया