बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालक्षित टिप्पणी गर्दै इतिहासको रछ्यानमा मिल्काइएकाहरू फेरि सत्तामा पुनारागमनको दिवास्वप्नमा रहेको बताएका छन्।
माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले अहिलेको राजनीतिक परिस्थिति चुनौतीपूर्ण रहेको बताएका छन्।
उनले भने, ‘अहिले देशको राजनीतिक परिस्थिती अलिकति चुनौतीपूर्ण नै छ। सरकारको प्रस्तुती दिनप्रतिदिन नराम्रो हुँदै गएको छ। जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोस बढ्दै गएको छ,’ उनले पूर्वराजालाई लक्षित गर्दै भने, ‘सरकारप्रतिको आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिहरूले आफ्नो हिसाबले प्रयोग गर्ने प्रयास पनि गरिरहेका छन्। इतिहासको एउटा रछ्यानमा मिल्काइएका तत्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो की भन्ने दिवास्वप्नमा छन्।’
प्रचण्डले अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए।
त्यस्तै समुदायसँग मिलेर स्थानीय विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्नेमा सबै नेता कार्यकर्ताको समान बुझाइ हुनुपर्ने उल्लेख गर्दै पार्टीले समाजवादतर्फको यात्रा सुरु नगरे कुनै न कुनै रुपले देश दुर्घटनामा जाने उनले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया