बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुईवटा नागरिकता भएको भन्ने आरोप अस्वीकार गरेका छन्।
शनिबार श्रीमति राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण गर्दै उनले दुईवटा नागरिकता छ भन्दै प्रचार गर्नेहरूलाई जवाफ दिएका हुन्। उनले भूमिगत कालमा नागरिकता बोकेर हिँड्दा जोखिम हुने भएकोले फ्याँकेर हिनेको बताए।
उनले भने, ‘अस्ति मैले हेर्दै थिए केपी ओलीका दुईवटा नागरिकता, एउटा हरायो, म भूमिगत जाने बेलामा भागेर हिँड्ने बेलामा भएका प्रमाण नष्ट गर्ने बेलामा नागरिकता च्यापेर हिँड्छु त खल्तीमा? आफू को हुँ भन्नेकुरा लुकाएर हिँड्नुपर्ने बेलामा, केही नभएपनि मास्क लगाउनुपर्ने बेलामा, नागरिकता खल्तीमा हालेर हिँड्छ?’
त्यस्तै उनले पछि फ्याँकेको नागरिकता खोज्दा नभेटिएपछि अर्को बनाएको बताए।
‘नागरिकता फ्यालेर हिँडेको हो। पछि गएर खोज्दा भेटिएन। अनि अर्को बनाउनु परेन? अनि दुईटा भएन? के व्यहोरा फरक पर्यो? व्यहोरा फरक परेको छैन, पर्न पनि हुँदैन,’ उनले भने, ‘मैले बाबुको नाम फरक पार्न सक्दिनँ, आमाको नाम अर्को राख्न सक्दिनँ। भूमिगत कालमा आफ्नो नाम फरकफरक पार्न परेको छ परिचय लुकाउनको लागि, तर मेरो बुबाको नाम अर्को भन्न सक्दिनँ।’
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया