बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको अवस्था आँखाले देखेको जस्तो सामान्य नरहेको बताएका छन्।
प्रजातान्त्रिक युवा संगठन ललितपुर जिल्ला अधिवेशनमा बोल्दै उनले अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारी साथै अन्तर्राष्ट्रय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको बताएका हुन्।
उनले भने, ‘अहिले देश विशिष्ट अवस्थामा छ। देश हाम्रो आँखाले देखेको जस्तो सामान्य अवस्थामा छैन। अर्थतन्त्र, शान्ति सुरक्षा, रोजगारीका हिसाबले, अन्तर्राष्ट्रिय रुपमा मानसम्मानका दृष्टिकोणले देश ओरालो लागेको अवस्था छ। यसलाई निरन्तर रुपमा पालिराख्ने हो भने युवाले जुन बेला देशको नेतृत्व गर्ने मौका आउँछ त्यसबेला देश रहन्छ की रहँदैन भन्ने अवस्थामा छ।’
उनले अहिले देशको अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार रहेको बताए। उनले देश बिग्रियो भने शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको केही नबिग्रने तर युवाहरूको भविष्य बिग्रने चिन्ता व्यक्त गरे।
उनले भने, ‘यो देश बिग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डको केही बिग्रदैन। युवाहरूको भविष्य बिग्रिने छ। देशको भविष्यसँग सबै भन्दा धेरै सरोकार र सम्बन्ध युवाहरूको छ। यसकारण युवाहरूले निर्माण गर्नुपर्ने र निर्वाह गर्नुपर्ने भूमिका महत्वपूर्ण छ। अहिले देशको यो अवस्था आउनमा कांग्रेस, एमाले र माओवादी जिम्मेवार छन्।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया