बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए।
उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो। उपन्यास होईन सत्य कुराको लिखत हो। यो कहानी, कथा होइन यो सत्य हो। यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो। यसमा केही अन्य कुरा मिसिएको छैन्। पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैन्। म ढुक्क छु, साक्षी छु।’
उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरू थाहा पाएको छु। केही माग, इच्छाहरू रहेछन्। जन्म दिनमा फूल दिउँ भने भोलिपल्ट याद आउछ। यतिका वर्ष यस्तै गरेर नै गयो। तर मेरो जन्मदिन भने उनले भव्यताका साथ मनाउने गरेकी छन् ।’
यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले ‘पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन’ भनेर पहिले नै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए।
उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ। केहीपनि छैन्। सबै सकाएर हिडेको मान्छे हुँ। एउटा श्रिमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए। त्यही भएर म पाल्न सक्दिन्। पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया