बिएल संवाददाता
प्रथम महिला राधिका शाक्यको पुस्तक ‘करुणा’ को लोकार्पण गरिएको छ। शनिबार एक विशेष समारोहकाबीच उक्त पुस्तक लोकार्पण गरिएको हो।
पुस्तक लोकार्पण गर्दै शाक्यले गरिब दुःखीहरूका विषयहरू पुस्तकमा समेटिएको बताइन्। उनले सानैदेखि बालापन, बिहेसम्मका कुराहरू यो पुस्तका समेटिएको बताइन्।
उनले भनिन्, ‘म सानैदेखि गरिब दुःखीहरूलाई देख्न नसक्ने खालको मान्छे थिएँ। यसै विषयलाई समेटेर मैले यो पुस्तक लेखेको हो। यसमा बालापनसँगै बिहेसम्मका कुराहरु समेटिएका छन्। मैले आफ्नो ठाउँमा बसेर थोरै भएपनि सामाजिक कामहरू गरिरहेको छु।’
साथै उनले भक्तपुर बालकोटको आफ्नो घरलाई धेरैजसोले दरबार भन्ने गरेकोमा दुःखेसो व्यक्त गरिन्। उनले बालकोटको घर कसरी बन्यो भनेर एक-एक हिसाब बुझाउन तयार रहेको बताउँदै आफ्नै पसिना, मेहेनतले घर बनाएको बताइन्।
‘३३ वर्ष राष्ट्र बैंकमा काम गर्ने मौका पाएँ। मलाई बस्ने घर त्यही संस्थाले दिएको छ, जसोतसो बस्ने घर हामीले बनाएका हौं। हामी कति वर्ष डेरामा बस्यौं त्यो किताबमा छ। बालकोटको घर कसरी बन्यो भनेर प्रश्न गर्नुहुन्छ त्यसको म एक एक हिसाब बुझाउन तयार छु। दुई पैसा काहीँकतैबाट केही गरेर लिएका छैनौं। आफ्नै पसिना, मेहेनतले घर बनाएका हौं। यसमा भ्रष्ट्राचार गरेर बनाएको बालकोट दरबार भन्न मिल्दैन।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया