बिएल संवाददाता
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ओली सरकारले गरेका गलत क्रियाकलापको विरोध गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूसँगको चियापान समारोहलाई सम्बोधन गर्दै उनले सरकारले गरेका सबै काम ‘ठीक छ’ भन्दै जाने हो भने ०८४ को निर्वाचनमा एमालेले कांग्रेसलाई उठ्नै नसक्ने गरी लट्पट्याइदिने बताए।
उनले भने, ‘सरकारमा भएका मन्त्रीहरूले एमालेसित सहकार्य गर्ने, तपाईँ हामीले चाहीँ प्रतिस्पर्धा गर्ने हो। यो भनेको गलत कुरालाई गलत भन्ने, सही कुरालाई सही भन्ने। किनभने भोलिको चुनाव त हामीले एमालेसँग लड्नु छ नि त। त्यो विचार गर्नुपर्छ। नत्र लट्पट्यादिएर हामीहरू भोलि निस्किन सक्ने अवस्था नहुन सक्छ।’
त्यस्तै उनले पालिकास्तर सम्म कांग्रेस-एमालेको संयन्त्र बनाउन भइरहेको अभ्यास पनि गलत रहेको बताए।
उनले भने, ‘अहिले हावा चलिरहेको छ, यो हावामा तपाईंहरू नलाग्नुस् आफ्नो काम गर्नुस्।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया