बिएल संवाददाता
गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था सुखद नरहेको बताएका छन्।
बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले पछिल्लो खासगरी कोभिड महामारी यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाबमा परेको भन्दै मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको बताए।
उनले भने, ‘पछिल्लो समय खासगरी कोभिड यता मुलुकको अर्थतन्त्रमा ठूलो दबाब परेको छ। मुलुकको आर्थिक स्थिती सुखद नरहेको अवस्था छ। केही समय यतादेखि हामी देशको आर्थिक अवस्थालाई सुधार तर्फ लिएर जाने र मुलुकको आर्थिक अवस्थालाई सुधार गरेर आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने काममा लागेका छौ र त्यो काम गर्न चाहान्छौ।’
उनले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको बताए।
उनले भने, ‘अहिले नयाँ सरकार गठन गर्नको लागि नयाँ समिकरण बनायौं। नेपाली काङ्ग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमती भयो। नयाँ समिकरण भयो र त्यसको आधारमा अहिलेको सरकार बनेको छ जसले सात महिना सम्पन्न गरेको छ। यो सरकार बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्दै मुलुकलाई समृद्धि तर्फ लैजाने उद्देश्यका साथ यो सरकार बनेको हो। मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको उद्देश्य पूरा गर्नको लागि वर्तमान सरकार बनेको हो।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया