बिएल संवाददाता
                                प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि देशको सार्वभौमत्ता सानो वा ठूलो नहुने बताएका छन्।
बिहीबार कास्कीको ढुङ्गेपाटनमा आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठुलो नहुने बताएका हुन्।
‘कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन,’ उनले भने।
उनले भने, ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन। हात्तीलाई तालिम दिएर माउते हुने कोसिस गर्नुस्। साहसी हुनुस्, दुस्साहसी नहुनुस्। हामीसँग उर्बर भूमि छ। यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ। यस काममा विश्वविद्यालय लागोस्। सरकार विश्वविद्यालयको साथमा छ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गरेका थि । साथै उनले कुलपति पदकबाट सर्वाेत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेका थिए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया