बिएल संवाददाता
राप्रपा नेता तथा प्रतिनिधिसभा सांसद दीपकबहादुर सिंहले राप्रपाले सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए।
उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुलामञ्च भएको सन्देश दिए।
राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ।
मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए।
राप्रपा मकवानपुर क्षेत्रिय अध्यक्ष उमेश थापाले कार्यक्रमबारे जानकारी दिँदै यसले राप्रपाको शैक्षिक दृष्टिकोणलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे।
थापाले पार्टिले देशभरका कार्यकर्ताहरूबाट सुझाब संकलन गरिरहेको जानकारी दिए। कार्यक्रममा सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै सकारात्मक वातावरणमा समापन भएको उनले बताए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया