बिएल संवाददाता
                                राप्रपा नेता तथा प्रतिनिधिसभा सांसद दीपकबहादुर सिंहले राप्रपाले सांगठनिक सुदृढीकरण र अनुशासित तथा सक्षम नेतृत्व निर्माणलाई प्राथमिकता दिने बताए।
उनले युवाहरूलाई फोहोरी राजनीति परित्याग गरी स्वच्छ राजनीतिक संस्कारलाई अँगाल्न आह्वान गर्दै राप्रपा खुलामञ्च भएको सन्देश दिए।
राप्रपा केन्द्रीय शिक्षा विभागले ‘शिक्षा र राप्रपा’ विषयक अनुशिक्षण तथा सुझाव संकलन कार्यक्रम हेटौंडामा सम्पन्न गरेको छ।
मंगलबार पार्टीका नेता, कार्यकर्ता, तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षा विभाग प्रमुख डा. राजेश गिरि र डा. बसन्त अधिकारीले प्रशिक्षण दिएका थिए।
राप्रपा मकवानपुर क्षेत्रिय अध्यक्ष उमेश थापाले कार्यक्रमबारे जानकारी दिँदै यसले राप्रपाको शैक्षिक दृष्टिकोणलाई स्पष्ट दिशा दिने विश्वास व्यक्त गरे।
थापाले पार्टिले देशभरका कार्यकर्ताहरूबाट सुझाब संकलन गरिरहेको जानकारी दिए। कार्यक्रममा सहभागीहरूले उत्साहजनक रूपमा सहभागिता जनाउँदै सकारात्मक वातावरणमा समापन भएको उनले बताए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया