बिएल संवाददाता
                                राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा राजाहरूबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले राष्ट्र विकास र प्रजातन्त्र सुदृढ हुन नसक्ने बताएका छन्।
बुधबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्थालाई पाखा लगाएको भन्दै राजसंस्थाबाट भएको कामलाई अबमूल्यन गर्न नहुने बताए।
उनले भने, ‘अहिलेका नेताहरूले के बुझ्नु पर्छ भने कि हिजोको इतिहास मेटाउन खोज्दा भोलीको दिनमा नयाँ पीडिले अहिलेका नेताहरूको इतिहासलाई पनि मेटाई दिनेछन्। राजसंस्था रहोस्, नरहोस् अहिले प्राविधिक रुपमा षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्था पाखा लगाइएको अवस्था छ। तर विगतमा राजाहरूबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले कहिले पनि राष्ट्रलाई फाइदा पुर्याउन सक्दैन। विकास र प्रजातन्त्र सुदृढ हुन सक्दैन।’
साथै, उनले २०६२, ६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भएको भन्दै त्यसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडि पनि देश संकटै संकटको चक्रव्युहमा फसेको बताए।
उनले भने, ‘नेपालको स्वतन्त्र पहिचानको निर्माण र नेपालको आधुनिकिकरण, सामाजिक आर्थिक रुपान्तरणको जग हाल्ने काम राजा र जनताको साझा प्रयासबाट नै भएको हो । यो कुरालाई आजको पीडिले नजरअन्दाज गर्नु हुँदैन। ०६२/६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भयो, जसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडी पनि देश संकटै-संकटको चक्रव्युहमा फसेको छ।’
सरकारले देशमा राम्रो शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारण लाखौंको संख्यामा युवाहरू विदेश पलायन हुनु अहिलेको सबैभन्दा ठूलो संकट भएको पनि उनको भनाई छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया