बिएल संवाददाता
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले धेरै साथीहरूको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्।
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरूको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘धेरै साथीहरूको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ। यो व्यवस्था ल्याउन लडेकाहरूको भावनालाई अझ अगाडि बढाउनु छ। यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।’
साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरू अटाउने खालको भएको भन्दै यसमा केही कमिकमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए।
उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ। नेपाल जुन नयाँ संविधान बनेको छ यसमा सम्पूर्ण नेपालीहरू अटाउने खालको छ। यसमा केही कमिकमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानुपर्छ। त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया