बिएल संवाददाता
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले धेरै साथीहरूको त्याग, तपस्या र बलिदानबाट आएको प्रजातन्त्र र लोकतन्त्रको भावनाको रक्षा गर्दै अगाडि बढ्नु पर्ने बताएका छन्।
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यो व्यवस्था ल्याउन लडेकाहरूको भावनालाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘धेरै साथीहरूको त्याग, तपस्या र बलिदानले आएको यो समावेशी प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र छ। यो व्यवस्था ल्याउन लडेकाहरूको भावनालाई अझ अगाडि बढाउनु छ। यसको लागि हामी सबै लागि पर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु।’
साथै, उनले वर्तमान संविधान सम्पूर्ण नेपालीहरू अटाउने खालको भएको भन्दै यसमा केही कमिकमजोरी भए भोलीका दिनमा सुधार गर्दै जाने बताए।
उनले भने, ‘हाम्रो पार्टी, संविधान र देश नै समावेशी छ। नेपाल जुन नयाँ संविधान बनेको छ यसमा सम्पूर्ण नेपालीहरू अटाउने खालको छ। यसमा केही कमिकमजोरी रहेछ भने भोलीका दिनमा सुधार गर्दै जानुपर्छ। त्यसैले यो हाम्रो संविधान लचिलो र संशोधन हुन सक्ने संविधान हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया