बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसका सबै सदस्य बराबर रहेको बताएका छन्।
बुधबार पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सव २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा शेरबहादुर देउवा र साधारण सदस्यको हैसियत बराबर रहेको दाबी गरेका हुन्।
उनले भने, ‘पार्टीका सबै साथीहरूले के बुझ्नुपर्छ भने नेपाली कांग्रेसको सबैभन्दा ठूलो कुरा भनेको हामी सबै समान हौं। हामी कोही सानो ठूलो छैनौं। हाम्रो जिम्मेवारी मात्र फरक हो। केन्द्रीय सभापति शेरबहादुर देउवा र पूर्वखोलाका सदस्य बराबर हो।’
त्यस्तै उनले कांग्रेस पार्टीमा अरू पार्टीमा जस्तो बा र हेडक्वार्टर नरहेको दाबी गरे।
उनले भने, ‘हाम्रो पार्टीमा कोही बा पनि छैन। हाम्रो पार्टीमा कुनै हेडक्वार्टर पनि छैन। हाम्रो पार्टीमा कुनै चिफ पनि छैन। हामी सबै बराबर हो। हामी एउटै परिवारका सदस्य हौं।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया