बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेसका सबै सदस्य बराबर रहेको बताएका छन्।
बुधबार पाल्पाको पूर्वखोलामा आयोजित प्रथम लोकतान्त्रिक महोत्सव २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमा शेरबहादुर देउवा र साधारण सदस्यको हैसियत बराबर रहेको दाबी गरेका हुन्।
उनले भने, ‘पार्टीका सबै साथीहरूले के बुझ्नुपर्छ भने नेपाली कांग्रेसको सबैभन्दा ठूलो कुरा भनेको हामी सबै समान हौं। हामी कोही सानो ठूलो छैनौं। हाम्रो जिम्मेवारी मात्र फरक हो। केन्द्रीय सभापति शेरबहादुर देउवा र पूर्वखोलाका सदस्य बराबर हो।’
त्यस्तै उनले कांग्रेस पार्टीमा अरू पार्टीमा जस्तो बा र हेडक्वार्टर नरहेको दाबी गरे।
उनले भने, ‘हाम्रो पार्टीमा कोही बा पनि छैन। हाम्रो पार्टीमा कुनै हेडक्वार्टर पनि छैन। हाम्रो पार्टीमा कुनै चिफ पनि छैन। हामी सबै बराबर हो। हामी एउटै परिवारका सदस्य हौं।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया