बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको माओवादी हिंसाको कारण मुलुक २० वर्षपछि धकेलिएको बताएका छन्।
बुधबार पाल्पाको पूर्वखोलामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिमा ००७ सालपछिको ६० वर्ष राजाको शासक बन्ने आकांक्षा र त्यसैबीचमा माओवादीले सुरु गरेको हिंसाका कारण देशले दुःख पाएको दाबी गरेका हुन्।
महामन्त्री थापाले २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर प्रजातन्त्र हरण गर्दा पनि देशले ३० वर्ष दुःख पाएको बताए।
त्यस्तै उनले कांग्रेसलाई मिसन ८४ भन्ने अधिकार नरहेको पनि बताए। उनले बाँकी ३ वर्षको अवधिमा आफ्ना बाचाहरू पूरा गर्नुपर्ने बताए।
उनले भने, ‘प्रजातन्त्र स्थापना हुनासाथ माओवादीले जनयुद्धका नाममा थोपरेको हिंसाले गर्दा देश बिसौं वर्षपछि परेको यथार्थ हो। त्यसपछिको १० वर्ष संविधान बनाउन र त्यसको व्यवस्थापमा थप १० वर्ष लाग्यो। अब अहिले ८० को दशकमा देश ठिक दिशामा जान लाग्दा फेरि एकथरी प्रवृति आएको छ- केही भएन देश बिग्रियो भत्कियो र बस्नै लायक भएन भन्ने। सबै ठिक छ भन्ने र केही भएन भन्ने दुवै प्रवृति गलत हुन्।’
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया