बिएल संवाददाता
मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानलाई लिएर गरेको दुई महिना लामो अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ।
म्यागले नोभेम्बर २०, २०२४ देखि जनवरी २०, २०२५ सम्मको सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार महिला राजनीतिकर्मीले नेपालको मिडियामा ११.४३ प्रतिशत स्थान प्राप्त गर्ने गरेका छन।
दुई महिनासम्म सातवटा दैनिक पत्रिकामा प्रकाशित सामग्रीहरूको अध्ययन गरिएको थियो।
सञ्चारको मूलप्रवाहमा महिला राजनीतिकर्मीको अवस्थालाई लिएर गरिएको उक्त मिडिया अध्ययनको प्रमुख उद्देश्य राजनीतिलाई लिएर छापा माध्यममा प्रकाशित सामाग्रीलाई लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्नु थियो।
साथै राजनीतिकर्मीका मुद्दा र आवाजलाई मिडियाले दिएको स्थान र महत्वका बारेमा तथ्यगत अवलोकन गर्नु यसको उद्देश्य थियो।
म्यागको अध्ययनअनुसार दुई महिनामा सातवटा दैनिक पत्रिकामा जम्मा १ हजार ६ वटा सामाग्रीहरू प्रकाशित भएका थिए। जसमा ११५ वटा सामाग्री महिला राजनीतिकर्मीसँग सम्बन्धित थिए। यो संख्यालाई हेर्दा महिला राजनीतिकर्मीले नेपालको मिडियामा ११.४३ प्रतिशत स्थान प्राप्त गर्ने गरेका हुन्।
नेपालको मिडियामा सबैभन्दा बढी स्थान पाउने राजनीतिकर्मीमा परराष्ट्रमन्त्री आरजु राणा परेकी छन्। उनको तस्बिरले मिडियामा सबैभन्दा धेरै स्थान पाएका छन्।


कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया