बिएल संवाददाता
                                प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन रैतीबाट जनताको दर्जामा पुर्याएको दिन भएको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै ओलीले आजको दिन नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन भएको बताएका हुन्।
उनल भनेका छन्, ‘फागुन ७ गते। आजको दिन- हामी नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन हो, बलिदानपूर्ण संघर्षद्वारा आफूलाई रैतीबाट जनताको दर्जामा पुर्याएको दिन हो। यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ। मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो।’
उनले नेपालमा हिंसालाई जनयुद्ध भन्न रुचाउनेहरूले प्रजातन्त्र दिवसलाई मान्न नरुचाउने बताए।
उनले भने, ‘यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन्। प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन। यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ।’
गौरवपूर्ण एवं ऐतिहासिक यस दिनमा सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीहरूमा दिवसको शुभकामना दिँदै उनले अमर शहीदहरूमा भावपूर्ण श्रद्धाञ्जली र सम्मान व्यक्त गरेका छन्। ओलीले राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रव्यापीरुपमा मनाउन आग्रह गरेका छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया