बिएल संवाददाता
                                खानेपानीमन्त्री प्रदीप यादवले मकवानपुरस्थित सिस्नेरी खोलाको खानेपानी आयोजनालाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई दिगो र भरपर्दो बनाउने लक्ष्यसहित मन्त्री यादवले सिस्नेरी आयोजनाको मुहानको स्थलगत अवलोकन गरेका थिए।
निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोजनालाई यथाशक्य चाँडो सम्पन्न गर्ने स्पष्ट निर्देशन दिएको जानकारी गराए।
उनले भने, ‘वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए उपत्यकावासीले खानेपानी अभाव भोग्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले, सिस्नेरी आयोजना तीव्र रूपमा अघि बढाइनेछ।’
उक्त महत्वाकांक्षी आयोजना समयमै सम्पन्न गर्न संघीय, प्रदेश, र स्थानीय सरकारको समन्वय अपरिहार्य रहेको मन्त्री यादवको भनाइ छ। साथै, उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग, र अनुभवबाट परियोजना छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘मैँले तीनै तहका सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूलाई यस आयोजनामा सहयोग गर्न आग्रह गरेको छु। काठमाडौँ उपत्यकाका नागरिकलाई भरपर्दो र दिगो खानेपानी उपलब्ध गराउन हाम्रो सामूहिक प्रयास आवश्यक छ।’
काठमाडौं उपत्यकावासी नागरिकलाई बाह्रै महिना पानी वितरण गर्ने एवं २४ घण्टा पानी धारामा पठाउने योजना अनुसार सिस्नेरी खोला खानेपानी आयोजनाको कामलाई तीब्र रुपमा अघि बढाउन लागिएको मन्त्री यादवको भनाई छ।
मकवानपुरको सिस्नेरी खोलामा बाँध निर्माण गरी पानी सङ्कलन गरिने र आयोजना सम्पन्न भएपछि दैनिक १३ देखि १४ करोड लिटर पानी ललितपुरको भेसेपाटी सैंबु जलाशयमा पठाई ललितपुर क्षेत्रभित्र वितरण गर्ने योजना रहेको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड)का कार्यकारी निर्देशक संजीवविक्रम राणाले जानकारी दिए।
सिस्नेरी आयोजना ललितपुरको सैंबु रिजर्भवायरबाट करिब १९ किलोमिटर दक्षिणमा पर्दछ। यो आयोजना कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर हुँदै बगेको बागमती नदी नजिकै अवस्थित रहेको छ। सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानी खोलाको शाखा हो भने कुलेखानी बागमती नदीको सहायक खोला हो।
यस परियोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रूपमा लिइएको छ। सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायाममा सङ्कलन गर्ने योजना बनाइएको र सङ्कलित पानीलाई पम्पिङ प्रणालीमार्फत सैंबु जलाशयमा पुर्याइनेछ, जसले ललितपुर महानगर क्षेत्रभरि खानेपानी वितरणको सुनिश्चितता गर्नेछ।
सरकारको तीव्र पहल र सबै पक्षको सहकार्यले उक्त आयोजना समयमै सम्पन्न भई काठमाडौं उपत्यकावासी नागरिकहरूको खानेपानी अभाव अन्त्य गर्ने विश्वास गरिएको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया