
बिएल संवाददाता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारतमा नेपाली छात्राको मृत्युपछि नेपालस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ।
सोमबार भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि ज्यादती भएको भन्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको हो।
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन्। मृतक छात्रा रुपन्देहीकी २० वर्षीया प्रकृती लम्साल हुन्।
आन्दोलनमा पुगेका अनेरास्ववियूका अध्यक्ष समिक बडालले प्रकृती लम्सालको हत्या भएको दाबी गर्दै हत्यारालाई कारबाहीको अपिल गर्दै आन्दोलनमा रहेका नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निकाला गरेको भन्दै यस्तो कार्यको विरुद्ध आन्दोलनमा उत्रिएको बताए।
उनले भने, ‘नेपाली विद्यार्थीले सुरक्षित रुपमा आफ्नो पढाई गर्न पाउनु पर्छ। प्रकृती लम्साल जसको हत्या भएको भनेर नेपाली विद्यार्थीहरूले त्यहाँ कलेज प्रशासनलाई हत्यारालाई कारबाही गर्नको लागि अपिल गर्दा नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले निकाला गरेको कुरा आएको छ। यस्तै गर्ने हो भने हामी पनि हातमा दही जमाएर बस्दैनौं भनेर जानकारी गराउनको लागि हामी यहाँ आएका छौ।’
उनले विश्वभर रहेका नेपालीहरूको साथ र सहयोग ‘प्रकृती लम्साललाई न्याय दिने आन्दोलनप्रति छ’ भन्ने संकेत दिनको लागि पनि दूतावास अगाडि आएको बताए।
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया