बिएल संवाददाता
                                नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखमा चोरी गरेकाे धनमालमा भागबण्डा नमिल्दा दुई जना किशोरद्वारा ११ वर्षीय बालकको हत्या गरिएकाे घटनाबारे सरकारकाे ध्यानाकर्षण गराएकी छन्।
साेमबार प्रतिनिधि सभाकाे आकस्मिक समयमा बाेल्दै रानाले भारतमा मजदुरी गर्न गएका बाबुआमाले घरमा एक्लै छोडेका १७ र १४ वर्षका २ जनाले आफूसंगै चोरीमा संलग्न दुल्लू नगरपालिका-५ रिजुपोखराका छिमेकी अर्को बालकको केही दिनअघि हत्या गरेको भन्दै सरकारले स्वदेशमै रोजगारी सृजना गरेर आगामी दिनमा यस्ता घटनाहरूबाट बचाउनुपर्ने बताएकी छन्।
साथै सांसद रानाले दैलेखको पश्चिम क्षेत्रका आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र भैरबी गाउपालिका क्षेत्रका केही विद्यालयमा विकृत तनाव भनिने मानसिक स्वास्थ्य समस्या फैलिएको ध्यानाकर्षण गराइन्।
दुई सातादेखि धेरै किशोरी र केही थोरै किशोरहरु समेत बेहोस् हुने समस्याले विद्यालयको पढाई प्रभावित हुने गरेकाले समयमै मनोपरामर्श चिकित्सकहरू परिचालन गरि समस्या समाधान गर्न सरकारसँग उनले माग गरेकी छन्।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया