बिएल संवाददाता
नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानामगरले दैलेखमा चोरी गरेकाे धनमालमा भागबण्डा नमिल्दा दुई जना किशोरद्वारा ११ वर्षीय बालकको हत्या गरिएकाे घटनाबारे सरकारकाे ध्यानाकर्षण गराएकी छन्।
साेमबार प्रतिनिधि सभाकाे आकस्मिक समयमा बाेल्दै रानाले भारतमा मजदुरी गर्न गएका बाबुआमाले घरमा एक्लै छोडेका १७ र १४ वर्षका २ जनाले आफूसंगै चोरीमा संलग्न दुल्लू नगरपालिका-५ रिजुपोखराका छिमेकी अर्को बालकको केही दिनअघि हत्या गरेको भन्दै सरकारले स्वदेशमै रोजगारी सृजना गरेर आगामी दिनमा यस्ता घटनाहरूबाट बचाउनुपर्ने बताएकी छन्।
साथै सांसद रानाले दैलेखको पश्चिम क्षेत्रका आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका र भैरबी गाउपालिका क्षेत्रका केही विद्यालयमा विकृत तनाव भनिने मानसिक स्वास्थ्य समस्या फैलिएको ध्यानाकर्षण गराइन्।
दुई सातादेखि धेरै किशोरी र केही थोरै किशोरहरु समेत बेहोस् हुने समस्याले विद्यालयको पढाई प्रभावित हुने गरेकाले समयमै मनोपरामर्श चिकित्सकहरू परिचालन गरि समस्या समाधान गर्न सरकारसँग उनले माग गरेकी छन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया