बिएल संवाददाता
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफैं सहभागी भएको सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।
बुधबार लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै भूमिसम्बन्धी अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसकिने बताएका हुन्।
जबकी उनकै पार्टी सरकारमा सहभागी छ। पार्टीका तर्फबाट शरदसिंह भण्डारी ओली सरकारमा श्रममन्त्री छन्। लाेसपाकाे तर्फबाट प्रतिनिधिसभामा ४ र राष्ट्रिय सभामा एक जना सांसद छन्।
‘भूमिसम्बन्धि अध्यादेशको गरिब र पिछडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारु लगायत सम्पूर्ण रुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट बन्ञित राखिने तथा यो अध्यादेशले वन फँडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ। त्यसैले यो अध्यादेश जनताको हित विपरित रहेको हाम्रो ठहर छ,’ ठाकुले भनेका छन्।
यसअघि उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालले पनि भूमिसम्बन्धि अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेको छ। उसले अन्य पाँच अध्यादेशमा भने समर्थन गर्ने जानकारी गराएको छ। लोसपाले भने अन्य अध्यादेशको बारेमा बोलेको छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया